एक्काइसौँ शताब्दी केवल ज्ञानको युग होइन, सीप, सोच र चरित्रको युग हो। आजको संसारले सृजनशीलता, समालोचनात्मक चिन्तन, समस्या समाधान गर्ने क्षमता, सहकार्य, सञ्चार दक्षता र प्रविधिसँग आत्मविश्वासपूर्वक काम गर्न सक्ने नागरिकको अपेक्षा गर्दछ।

यही युगीन आवश्यकतालाई सम्बोधन गर्ने दृढ उद्देश्य लिएर प्रोग्रेसिभ एकेडेमीकोे स्थापना गरिएको हो । अत्याधुनिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा र नवप्रवर्तनमुखी सिकाइ पद्धतिमार्फत हामीले शिक्षालाई व्यवहारिक, अनुसन्धानमुखी र भविष्यकेन्द्रित बनाउने उद्देश्य लिएकाछौं ।

हामीलाई थाहा छ, प्रविधि मात्र पर्याप्त हुँदैन । मूल्यविहीन ज्ञान अधूरो हुन्छ, त्यसैले हाम्रो शिक्षाको आधार संस्कार, अनुशासन, जिम्मेवारी, सहानुभूति र नैतिकताको दृढ जगमा उभिएको छ । हामी विद्यार्थीलाई केवल सफल पेशाकर्मी होइन, सचेत,संवेदनशील र उत्तरदायी नागरिकका रूपमा विकास गर्न प्रतिबद्ध छौं ।

भविष्यको तयारी गर्दागर्दै वर्तमानमा, परम्परा र प्रविधिबीच सन्तुलन कायम गरी उज्ज्वल भोलिको बाटोनिर्माण गर्दैछौं । यही यात्रामा तपाईंको साथ र विश्वास हाम्रो सबैभन्दा ठूलो शक्ति हुनेछ ।